समाज


काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा

काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा

एपीएफको यात्रुबाहक बस


नेपालखबर
जेठ १९, २०८२ सोमबार १४:२७, काठमाडौँ

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले आज (जेठ १९ गते) २ वटा बस संचालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

थापाका अनुसार अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज  हुँदै  रिङरोड  परिक्रमा गर्नेछ। 

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्यसम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो। 

सोमबार नेपाल प्रहरीले पनि काठमाडौँमा निशुल्क बस सेवा सञ्चालन गरिरहेको छ। सार्वजनिक यातायात ठप्प पारेका यातायात व्यवसायी र सरकारबिच एक चरणको वार्ता भइसकेको छ। वार्ता समिति बनाएर अर्को चरणमा छलफल गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad