समाज


राशिफल १९ जेठ : वृषको परिवारमा मनमुटाव, मकर विपक्षीको जालझेलमा पर्ने, तपाईँको के?

राशिफल १९ जेठ : वृषको परिवारमा मनमुटाव, मकर विपक्षीको जालझेलमा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ १९, २०८२ सोमबार ४:२७, काठमाडौँ

आज सोमबार, १९ जेठ २०८२ (२ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : ठिक समयमा सही निर्णय लिन सकिनेछ। मनमा शान्ति छाउनेछ। पारिवारिक माहोल रमाइलो हुनेछ। माङ्गलिक कार्यमा सहभागी भइएला। अतिथिको रूपमा सत्कार पाइनेछ। सेयर बजारमा गरेको लगानीबाट राम्रै लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दानपुण्यको काम गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : सहकर्मीबाट विरोध आउला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। पुँजी बजारमा नोक्सानी हुन सक्छ। लगनशीलताको कमीले ठूलो उपलब्धि गुम्ला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मिथुन : भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक कार्यमा सफलता मिल्ला। नयाँ वस्त्र उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ। निर्णय क्षमतामा भने कमी आउला।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

कर्कट : शुभाकार्यको चर्चा चल्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। शैक्षिक क्षेत्रमा प्रगति नै होला। जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। पुँजी बजारबाट नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : समाजसेवामा मन जानेछ। साझेदारीको कामबाट फाइदा हुनेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिएला। न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : सानातिना समस्यामा अल्झनुपर्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्धमा रमाउने बेला छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६५, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। वाहन वा भूमिबाट लाभ रहला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशा नजाने।

वृश्चिक : महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। सेयर बजारमा लगानीको अवसर छ। प्रेम जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। निलो रङको प्रयोग नगर्ने।

धनु : धार्मिक, सामाजिक र राजनीतिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। सेयर बजारको लगानीबाट राम्रै प्रतिफल मिल्नेछ। शुभ कार्यमा सरिक भइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। विपक्षीले जालझेल गर्न सक्छन्, सावधान रहनु होला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्ला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४३, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। मनमा उमङ्ग छाउनेछ। सापटी दिएको रकम फिर्ता मिल्न सक्छ। स्वादिष्ट भोजनको अवसर मिल्ला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइएला। प्रेमीले मन खोलेर सहयोग गर्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तर, साँझमा भने झन्झटिलो काममा फसिएला।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad