समाज


'कुलिङ पिरियड'बारे कानुन सचिव– विज्ञ नै पाइँदैन भने के गर्ने?

'कुलिङ पिरियड'बारे कानुन सचिव– विज्ञ नै पाइँदैन भने के गर्ने?

नेपालखबर
जेठ १२, २०८२ सोमबार १७:१६, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले कुलिङ पिरियड नराख्ने धारणा कसैको पनि बताएका छन्।

सोमबार काठमाडौँमा ‘प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी समन्वय तथा निजामती सेवाका समसामयिक सवालहरू’ विषयक कार्यक्रममा उनले अहिलेसम्म कसैले पनि कुलिङ पिरियड हुनुहुँदैन नभनेको बताए।

‘त्यहाँ भएका कतिपय अवस्थामा विज्ञ मान्छे नै पाइँदैन, विज्ञ मान्छे नै पाइँदैन भने के गर्ने?,’ सापकोटाले भने, ‘अहिलेकै व्यवस्था राख्ने हो भने भोलि कुनै ठाउँमा विपद् पर्‍यो भने स्वास्थ्यबाट अवकाश भएका कर्मचारीहरूलाई पठाउने कि नपठाउने? भोलि कसैलाई आयोग वा परिषद्‍मा छोटो अवधिमा काम गर्नुपर्‍यो र त्यो विज्ञ छ भने त्यसलाई प्रयोग गर्ने कि नगर्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad