काठमाडौं महानगरपालिका वडा नं २९ ले वडाका विभिन्न टोलमा राहत वितरण गरेको छ।
दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने तथा विपन्न वर्गलाई लक्षित गरी राहत वितरण गरिएको वडाअध्यक्ष कुश ढकालले जानकारी दिए।
वडा कार्यालयद्का तर्फबाट नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले राहत हस्तान्तरण गरेका थिए।
गएको मंगलबार वडा समितिले वडाध्यक्ष कुश ढकालको संयोजकत्वमा वडा समितिका पदाधिकारी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख, राष्ट्रिय अनुसन्धान र सामुदायिक प्रहरीका प्रतिनिधिसहितको समिति गठन गरेको थियो।
आज कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अति बिपन्न, असहाय र दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई सामाग्री दिइएको हो।
१० हजार ६ सय ७४ मतदाता रहेको यस वडामा प्रमुख प्रशासनिक सचिवालय सिंहदरबार, अनामनगर, सेतोपुललगायतका ठाउँ पर्छन्।
प्रतिक्रिया