आज बुधबार, २४ वैशाख २०८२ (७ मे २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: गोप्य तरिकाले गरेका काममा सफलता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। साथीभाइबाट सोचेजस्तो फाइदा हुनेछ। मनमा खुसी र आनन्द छाउनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। अरूको ईर्ष्या नगर्ने।
वृष: समय व्यवस्थापन गर्न गाह्रो होला। काम गर्न समस्या आउनेछ। जिद्दी स्वभावले काम बिग्रन सक्छ। दबाब र तनाव महसुस हुनेछ। अल्छीपन त्यागे मात्र सोचेको काममा सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: फाइदाजनक यात्राको सम्भावना छ। साथीभाइको सम्बन्ध बलियो हुनेछ र खुसीमा रमाउने समय छ। जागिर गर्नेले मान सम्मान पाउनेछन्। कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ। पढाइमा सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कट: जीवनसाथीको सल्लाहमा गरेको कामबाट धेरै सफलता मिल्नेछ। भौतिक सुख प्राप्त हुनेछ। राजनीति र समाजसेवामा जनताको साथ र समर्थन मिल्ने हुँदा सार्वजनिक पद पाउने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
सिंह: शुभकार्यको चर्चा हुनेछ। परिवारको साथले नयाँ आशा पलाउनेछ। रोकिएका काम पूरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध र आकर्षण बढ्ने समय छ। घरमा पाहुना आउनेछन्।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कन्या: मान्यजनको सुझाव मन नपर्न सक्छ। महत्त्वपूर्ण काममा बाधा आउन सक्छ। नजिकका व्यक्तिबाट धोका हुन सक्छ, होसियार रहनुहोला। सानातिना समस्यामा अल्झनुपर्नेछ। पाचन प्रणालीमा समस्या देखिन सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
तुला: कामले गति लिनेछ। गरेको मिहिनेतअनुसार राम्रो उपलब्धि हासिल हुनेछ। आफन्त, सहयोगी र साथीभाइको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। विशेष व्यक्तिको सहयोग प्राप्त हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। धन पनि हात लाग्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रतिस्पर्धात्मक कामबाट फाइदा हुनेछ। काममा सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु: न्यायिक काममा सफलता मिल्नेछ। गाह्रो ठानिएको काम पनि सम्पन्न हुन सक्छ। साथीभाइको सहयोगले हौसला मिल्नेछ। धार्मिक र सामाजिक सेवामा मन लाग्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर: दोधारको अवस्था सिर्जना हुन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ। तर गरेको मिहिनेतअनुसार आर्थिक लाभ भने मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, होसियार रहनु होला। जोस, जाँगर र आत्मविश्वासमा कमी आउनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: नयाँ उद्योग वा रचनात्मक काममा लाग्ने समय छ। रोकिएका काम फेरि सुरु हुन सक्छन्। न्यायिक काममा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले खुसी व्यक्त गर्नेछन्।
भाग्यशाली रङ निलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: अवसर आउनाले मन खुसी रहनेछ। रमाइलो यात्रा गर्ने मौका छ। आफ्नै हातबाट शुभकार्य गर्न पाइनेछ। विशेष व्यक्तिले साथ दिनेछन्। सोचेको र आँटेको काम पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया