समाज


राशिफल २३ वैशाख : कन्यालाई रातो रङको वस्त्र फलिफाप, कुम्भको रोमाञ्चक यात्रा हुने, तपाईँको के?

राशिफल २३ वैशाख : कन्यालाई रातो रङको वस्त्र फलिफाप, कुम्भको रोमाञ्चक यात्रा हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख २३, २०८२ मंगलबार ४:३६, काठमाडौँ

आज मंगलबार, २३ वैशाख २०८२ (६ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आफन्तको प्रगतिमा मन रमाउनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ ज्ञान सिक्ने मौका र रोजगारीको अवसर मिल्ला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: आत्मबलमा कमी आउनेछ। निर्णय कार्यान्वयन हुन सक्दैनन्। मनमा दुबिधा उत्पन्न हुनेछ। स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मिथुन: रमणीय र सुखद यात्राको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।

कर्कट: धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। श्रमको उचित मूल्याङ्कन होला। आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग पाइनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखालाई सहयोग गर्ने। कसैलाई कुदृष्टिले नेहेर्ने।

सिंह: बन्धु बान्धवबाट सहयोग मिल्नेछ। हिम्मत बढ्नेछ। प्रेम जीवन सुखद नै रहनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

कन्या: उच्च महत्त्वाकाङ्क्षा र विगतका गलत निर्णयले काममा चुनौती तथा झमेला आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। सुन्दरतामा धन खर्च होला। रातो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: लाभहानि, सुखदुःख बराबरी रहनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: रोकिएका काम पुनः सुरु हुन सक्छन्। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जोस, जाँगर र उमङ्ग बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

धनु: कार्यसिद्धिको योग छ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुन सक्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मकर: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सरकारी निकायको भय रहला। मनमा दुबिधा उत्पन्न हुन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होलान्।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: कुनै कुराले मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। रोमाञ्चक यात्रा होला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: आँटेको-ताकेको पूरा हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। घरमा अतिथिको आगमन होला। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad