समाज


डोटीमा ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

डोटीमा ट्रक दुर्घटना हुँदा  चालकसहित ३ जनाको मृत्यु

गोकुल जोशी
बैशाख १०, २०८२ बुधबार ८:२६, कञ्चनपुर

भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा ट्रक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटनामा परेको हो। 

मृत्यु हुनेमा ट्रक चालक बझाङ बुंगल नगरपालिका–२ का ३३ वर्षीय अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४१ वर्षीय जगत धामी रहेका छन्। 

खाद्यान्न लिएर बझाङ गइरहेको मिनीट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन्। ट्रकमा ३ जना मात्रै सवार रहेका शर्माले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad