समाज


काठमाडौँको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु

काठमाडौँको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार, महिलाको मृत्यु

नेपालखबर
बैशाख ८, २०८२ सोमबार २१:४४, काठमाडौँ

काठमाडौँको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार भएको छ। 

रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो।

पुतली तामाङको मृत्यु भएको छ। उनका ११ वर्षका छोरा र १० वर्षकी छोरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ।

पुतलीका श्रीमान पदमबहादुर तामाङ हाल फरार छन्। उनैले पत्नी र छोराछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनको खोजी गरिरहेको छ।

रामेछाप घर भएका उनीहरु शंखरापुर नगरपालिका ९ सानागाउँमा डेरा बस्दै आएका थिए। तर आइतबार राति उक्त घटना भएको प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad