समाज


बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा

नेपालखबर
चैत २६, २०८१ मंगलबार १८:५५, काठमाडौँ

बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा बस्ने भएको छ। बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरू काठमाडौँ आउँदै छन्। 
  
यसअघि सचिवस्तरीय बैठक काठमाडौँमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ। सो बैठकमा बिमस्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरू सहभागी थिए। 

सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय गरेको जनाइएको छ। बिमस्टेक सदस्य रहेका सात राष्ट्रमध्ये तीन राष्ट्रका कृषिमन्त्री बैठकमा सहभागी हुने र  बाँकी राष्ट्रका मन्त्रीहरूले भर्चुअलरुपमा सहभागिता जनाउने मन्त्रालयले जनाएको छ। 

बुधबार हुने मन्त्रीस्तरीय बैठकको अध्यक्षता कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्नेछन्। बैठकमा सहभागी हुन भारत र भुटानका कृषिमन्त्रीहरू आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम छ। बैठकमा सदस्य राष्ट्रहरूमा कृषिको अवस्था, चुनौती र सहकार्यमा छलफल हुने मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad