समाज


काठमाडौँका धेरै ठाउँमा जाँदैछ आज ९ घण्टा बिजुली (सूचनासहित)

काठमाडौँका धेरै ठाउँमा जाँदैछ आज ९ घण्टा बिजुली (सूचनासहित)

नेपालखबर
चैत २३, २०८१ शनिबार ६:१७, काठमाडौँ

काठमाडौँका केही ठाउँमा आज दिनभरि बत्ती जाने भएको छ। 

नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो। 

प्राधिकरणले सूचना प्रकाशित गर्दै प्राधिकरणको निर्माणाधिन १३२ केभी शबस्टेसनमा भक्तपुर चपली १३२ केभी प्रशारण लाइनलाई लिलो (लपइन लपआउट) कार्यका लागि काठमाडौँका धेरै स्थानमा विद्युत् आपूर्ति कटौती गर्न लागिएको जानकारी दिएको छ। 

यस अवधिमा काठमाडौँ ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट सञ्चालन हुने ११ केभी फिडरहरु तथा हेटौँडा ग्रिड महाशाखा र बुटवल ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट सञ्चालन हुने ११ ३३ केभी फिडरहरु मार्फत् विद्युत् आपूर्ति हुने स्थानमासमेत विद्युत् आपूर्तिमा प्रभाव पर्नसक्ने छ, प्राधिकरणको सूचनामा भनिएको छ। 

काठमाडौँको बानेश्वर, रत्नपार्क, जोरपाटी, बालाजु तथा कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युत् प्रशारण शनिबार बिहान पाँच बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने प्राधिकरणले जनाएको छ। 

त्यसैगरि हेटौँडा ग्रिड महाशाखा तथा बुटवल ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने फिडरहरुमा पनि विद्युत् प्रशारण शनिबार नौ घण्टासम्म बन्द रहने प्राधिकरणको सूचनामा उल्लेख छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad