हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
यतिबेला (शुक्रबार बिहान) कोसी, मधेस, बागमतीसहितका प्रदेश र अन्य प्रदेशको पनि पहाडी भूभागको मौसम आंशिक बदली छ।
देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरि देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
अब देशका अधिकांश भूभागमा क्रमिक रुपमा तापक्रम बृद्दी हुँदै जाने सम्भावना देखिएको र वर्षाको सम्भावना कम देखिएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
‘तापक्रमको वृद्धि र वर्षा नहुँदा सुख्खापन, आगलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।
Shares

प्रतिक्रिया