समाज


कुम्भको प्रेमीसँग खिन्नता बढ्ने, कन्याले प्रभुत्व जमाउने, तपाईँको के? हेर्नुस् १३ चैतको राशिफल

कुम्भको प्रेमीसँग खिन्नता बढ्ने, कन्याले प्रभुत्व जमाउने, तपाईँको के? हेर्नुस् १३ चैतको राशिफल

ज्यो. मेनुका दाहाल
चैत १३, २०८१ बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, १३ चैत २०८१ (२६ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : सजिलै अरूको मन जित्न सकिनेछ। रमाइलो र सुखद यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारबाट पनि राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

वृष : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। घरपरिवारबाट सहयोग मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका पाइएला। लामो यात्रा सुखद र सफल रहनेछ। सेयर बजारको कारोबार फलदायी नै रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : जिद्दीपनले गर्दा काम बिग्रने डर छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनीतिक कार्यमा बाधा आउनेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। शुभ कार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : सुखदुःख बराबरी खालको समय रहनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

तुला : मनमा दुबिधा उत्पन्न हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। प्रेमी, आफन्त र साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। औषधि उपचार खर्च बढ्न सक्छ। बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : कुनै कुराले मनमा शान्ति छाउनेछ। महिला वा मित्रबाट विशेष सहयोग होला। लाभदायक यात्रा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारबाट मनग्गे लाभ होला। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। घर, जग्गा खरिद तथा बिक्रीको योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर : भाग्यले विभिन्न अवसर जुराउनेछ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट लाभ नै हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अल्छी नगर्ने।

कुम्भ : क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना नियन्त्रण गर्नु राम्रो हुनेछ। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुन सक्छ, सचेत रहनु होला। साँझमा आफन्तसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad