जनकपुरमा लकडाउनको मौका छोपी कालोबजारी गर्ने ११ व्यापारी पक्राउ परेका छन्।
ग्यास, आलु, प्याज र रिचार्ज कार्डसमेतको कालोबजारी गर्ने ११ जना व्यापारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको बजार अनुगमन टोलीले पक्राउ गरेको हो।
आलु र प्याजको कालोबजारी आरोपमा पक्राउ पर्नेहरूमा धनुषा जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर वस्ने वर्ष ५२ को राम अनुठ ठाकुर, वडा १२ बस्ने बस्ने वर्ष ३५ का जित साह , वडा ४ वस्ने वर्ष ५० का विनोद कुमार साह, वर्ष ४८ का कुशेश्वर चौधरी, वडा ७ वस्ने वर्ष २८ का अजय साह, वर्ष २४ का प्रविन साह , वडा ४ बस्ने वर्ष ४३ का राज किशोर यादव, वडन नं १ वस्ने वर्ष ३१ का गुलजार शेख र वर्ष ३१ का प्रमोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यस्तै, ग्यास कालोबजारी आरोपमा जनकपुरधाम-४ वस्ने वर्ष १९ का कुनदन कुमार साह, रिचार्ज कालोबजारी आरोपमा जनकपुरधाम ४ वस्ने वर्ष २६ का विकाश कुमार महतो छन्।
पक्राउ पर्नेमा सबभन्दा बढी आलु र प्याज व्यवसायी छन्। उनीहरूले आलु प्रति किलो ६० र प्याज प्रति किलो ८० बेचिरहेका बेला पक्राउ परेका हुन्।
प्रति सिलिन्डर ग्यास १७०० र एनसेलको रु। ५० को रिचार्ज कार्ड रु ६० मा बेचि रहेको अवस्थामा साह र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कोरोना भाइरसको महामारी रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनलाई मौकाछोपी दैनिक उपभोग्य बस्तुको अभाव सृजना गरि कालोबजारी बढेको हो।

प्रतिक्रिया