हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन्। आइतबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाह उपचारपछि आज डिस्चार्ज भएका हुन्।
उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
'आज बिहान १० बजे अस्पतालले डिस्चार्ज गरेको छ,' पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले भने, 'अहिले उहाँ निवासमा आराम गरिरहनु भएको छ।'
144
Shares

प्रतिक्रिया