कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालले उक्त कोषमा एक महिनाको निवृत्तिभरणबापतको रकम जम्मा गर्ने घोषणा गरेका छन्।
सोमबार उनले आफ्नो ट्विटमार्फत चैत महनिामा निवृत्तिभरणका रुपमा आउने ४१ हजार ७ सय ३१ रुपैया कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।
‘सरकारी कोरोना कोषमा चैत महिनाको मेरो मासिक निवृत्तिभरण ४१ हजार ७ सय ३१ जम्मा गर्ने घोषणा गरेँ’, खनालले ट्विटमा लेखेका छन्, ‘इ–सेवाबाट जम्मा गर्न मिल्ने गराइदिए, आजै जम्मा गर्न सक्थें। यसको प्रयोग रोजगारी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्याे।’
सरकारी कोरोना कोषमा चैत महिनाको मेरो मासिक निवृत्तिभरण रु ४१,७३१ जम्मा गर्ने घोषणा गरें। इसेवाबाट जम्मा गर्न मिल्ने गराइदिए, आजै जम्मा गर्न सक्थें। यस्को प्रयोग रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्यो?
— Rameshore Khanal (@rameshore) March 23, 2020
प्रतिक्रिया