सल्यानमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।
आज बिहान सल्यानको कपुरकोट गाउँपालिका-४, किमिचौरस्थित गोजे सामुदायिक वनमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि गएको सेनाको बम डिस्पोजल टोलीले त्यस शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ।
225
Shares

प्रतिक्रिया