समाज


बहस लम्बिँदै गएपछि रविले आफ्नै वकिललाई भने- छोटो बोल्नूस्

बहस लम्बिँदै गएपछि रविले आफ्नै वकिललाई भने- छोटो बोल्नूस्

नेपालखबर
माघ २, २०८१ बुधबार १४:११, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
आज बिहानैदेखि रविका पक्षबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।

उनका पक्षबाट अहिलेसम्म वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गरेका छन्। अब सुरज बस्नेतलगायत केही कानुन व्यवसायीको बहस बाँकी नै छ। 

बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका छन्। 

उनले कानुन व्यवसायीलाई भने, ‘अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो। बहस लम्बिँदै जाँदा उनको हिरासत बसाइँ लम्बिँदै गएको छ। 

रविका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भनेरआदेश गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad