समाज


थुनामा रहेका सूर्यदर्शनका अभियुक्त सर्वोच्च पुगे, झिकाइयो कैफियत प्रतिवेदन

थुनामा रहेका सूर्यदर्शनका अभियुक्त सर्वोच्च पुगे, झिकाइयो कैफियत प्रतिवेदन

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १८:५९, काठमाडौँ

पोखराको सूर्यदर्शन सहकारी ठगीका अभियुक्त भवीश्वर अर्याल आफूलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतका आदेशविरुद्ध सर्वोच्च अदालत गुहार्न पुगेका छन्।

जिल्ला अदालत, कास्की र उच्च अदालत पोखराले थुनामा पठाउन आदेश गरेपछि यसै प्रकरणका अभियुक्त भवीश्वर अर्याल सर्वोच्च पुगेका छन्। उनले पुस २४ गते दिएको निवेदनमा शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो। न्यायाधीश श्रेष्ठको इजलासले मातहत अदालतबाट कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ। 

अब उच्च अदालतले उनलाई थुनामा पठाउनुपर्ने कारणसहितको प्रतिवेदन सर्वोच्चमा पठाउनुपर्नेछ। त्यसपछि सर्वोच्चले थुनामा पठाउने आदेशको परीक्षण गर्नेछ।

पहिलो चरणको मुद्दा दर्ता हुँदा फरार रहेका सूर्यदर्शन सहकारीका सञ्चालक अर्याल गत वर्षको पुसमा कास्की अदालतमा हाजिर भएका थिए। उनका विरूद्धमा प्रहरीले रेड नोटिससमेत जारी गरेको थियो।

पछिल्लोपल्ट पूरक अभियोगपत्रसाथ अदालतमा पेस गरिएका रवि लामिछाने, छविला बन्जाडे जोशीसहित ७ जनालाई जिल्ला अदालतले नै धरौटीमा छाडिसकेको छ।

सहकारीका मुख्य सञ्चालक जीबी राईसहित केही अभियुक्त अझै फरार छन्।

सूर्यदर्शन सहकारी ठगीका अभियुक्तहरूमा रवि लामिछाने, छविलाल जोशी, मीना गुरुङ, आरती गुरुङ, लीला पछाई, रामबहादुर खनाल, कृष्ण गुरुङ धरौटीमा छुटेका छन्।

अनुज नकर्मी, कैलाशकुमार दर्लामी, भविश्वर अर्याल, प्रमोद भट्टराई, शिव गुरुङ (महेन्द्र भोटे) र कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad