समाज


युपीमा कोरोना लुकाउनेलाई जेल सजाय माग गर्दै उजुरी

युपीमा कोरोना लुकाउनेलाई जेल सजाय माग गर्दै उजुरी

नेपालखबर
चैत ३, २०७६ सोमबार १२:१४,

भारतमा कोरोना भाइरस लुकाएको आरोपमा एक व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ। त्यहाँ यस किसिमको उजुरी पहिलो पटक दर्ता भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। जो व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ उनी आफ्नी छोरीको साथमा विदेश गएका थिए।

यो मुद्दा उत्तर प्रदेशको हो।

भारत फर्किने क्रममा उनको स्वास्थ्य जाँच बेङ्ग्लुरु विमानस्थमा भएको थियो। सो जाँचमा उनमा कोरोना संक्रमण देखिएका थियो। तर उनकी पत्नी कसैलाई खबर नगरी चुपचाप हवाई जहाज चढेर दिल्ली पुगिन्। त्यहाँबाट रेल चढेर आगरा पुगेकी गइन्।

उनी आगरा जाँदै गरेको  बेला बेंग्लोरस्थित प्रशासनले महिलाले यात्रा गरिरहेको जानकारी पाएको थियो। सो खबर रेल्वे विभागमा पुगेपछि स्टेशनबाट ओर्लिने बेलामा उनलाई छुट्टै राखिएको थियो। त्यसपछि उनलाई आइसोलेसन कोठामा पठाइएको थियो। त्यहाँ उनको स्वास्थ्य जाँच गरिएको थियो।

त्यहाँबाट पनि उनी चुपचाप आफ्ना मातापिताको घर भागिन्। महिलाको खोजी गर्ने सरकारी अधिकारी समक्ष पिताले झुटो बयान दिएका थिए। महिला ताज एक्सप्रेस नामको रेलबाट फेरि दिल्ली गएको र दिल्लीबाट विमान चढेर बेंग्लोर पुगेको बताएका थिए।

प्रहरीले महिलाको मोबाइल नम्बर पाएपछि उनलाई खोजी सूचीमा राखेको थियो। प्रहरीले नम्बर ट्र्यास गर्दा मोबाइल फोन महिलाका पिताको घरमै देखिएको थियो। त्यसपछि प्रहरीको साथमा मेडिकल टोली महिलाका पिताको घरमा पुग्यो। निकै लामो समयसम्म सम्झाएपछि एम्बुलेन्समा राखेर महिलालाई स्वास्थ्य जाँचका लागि लगिएको थियो।

आगराका जिल्ला अधिकारी प्रभु एन सिंह भन्छन्, ‘बेंग्लोरमा काम गर्ने व्यक्तिकी पत्नीको नमुना जाँचमा कारोना भाइरस पोजेटिभ पाइएको छ। उनलाई शुक्रबारदेखि आइसोलेसन वार्डबाट अलग गरेर राखिएको छ। स्वास्थ्य विभागले उनको उपचार गरिरहेको छ।’

प्रमुख मेडिकल अधिकृत डाक्टर विनयकुमारको उजुरी आधारमा ती महिलाका पिताविरुद्ध उजुरी दर्ता गरिएको हो। उनले उजुरीमा भनेका छन्, ‘उनले स्वास्थ्य अधिकारीलाई सहयोग गरेनन्। जिल्ला अधिकारी समक्ष पनि आफ्नी छोरीको जानकारी लुकाए।’

उजुरी आइपीसीको धारा २६९ तथा २७० अनुसार दर्ता गरिएको हो। यो कानुनअनुसार जीवनलाई लापरवाही पार्ने एवं रोगको इन्फेक्सन फैलाउने कार्य गर्नेलाई ६ महिना जेल सजाय अथवा जरिवाना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .