काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडरनजिकै सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित सडकमा बा ३१ प २५३७ नम्बरको मोटरसाइकल बीएबी ५१२४ नम्बरको कारसँग ठक्कर खाइ दुर्घटना भएको थियो।
बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका ३ घर भएका ४२ वर्षीय नोर्बे लामाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
363
Shares

प्रतिक्रिया