समाज


पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाइ (तस्बिरहरू)

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाइ (तस्बिरहरू)

सरोज बैजु
मंसिर ३, २०८१ सोमबार १३:१३, काठमाडौँ

पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, मन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिले गौचरण पुगेर ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिइरहेका छन्। श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने कार्यक्रम छ। 

कलेजोसँग सम्बन्धित समस्याका कारण ढुंगानाको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad