समाज


पहाडी र हिमाली भेगमा वर्षा-हिमपातको सम्भावना

काठमाडौँमा पानी पर्ने सम्भावना कति?
पहाडी र हिमाली भेगमा वर्षा-हिमपातको सम्भावना

फाइल तस्बिर: हिमपात


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ६:४३, काठमाडौँ

आज (मंगलबार) देशका पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशलगायत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

यसैगरी दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। 

यसैबीच दिउँसो काठमाडौँ उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर यो सम्भावना केवल २० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ। 

यस्तै आज राति पनि बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

महाशाखाका अनुसार अहिले बिहान भने देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।   

मौसमविद्का अनुसार अहिले नेपालमा प्रिमनसुन सिजन चलिरहेको छ। यो सिजन यही नोभेम्बरभरि रहन्छ। डिसेम्बरदेखि भने विन्टर अर्थात् हिउँदयाम लाग्छ। 

जाडोयाम नजिकिँदै गरेकाले देशभर क्रमशः चिसो बढ्दै गएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad