समाज


प्रमुख सल्लाहकार रिमाल भन्छन्ः प्रधानमन्त्रीको स्वास्थ्यबारेको हल्ला ‘सूचना संक्रमण’

प्रमुख सल्लाहकार रिमाल भन्छन्ः प्रधानमन्त्रीको स्वास्थ्यबारेको हल्ला ‘सूचना संक्रमण’

नेपालखबर
फागुन २८, २०७६ बुधबार ८:१०,

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्यमा जटिलता आएको भनि प्रकाशित समाचारकाे खण्डन गरेका छन्।

त्यसरी फैलिएका अफवाहलाई उनले ‘सूचना संक्रमण’ को संज्ञा दिएका छन्।

गतसाता दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमण देखिएका कारण सिंगापुर लाने तयारी भनि समाचारहरु आएपछि रिमालले सो प्रतिक्रिया दिएका हुन्।

‘इन्फोडेमिक अर्थात् सूचना संक्रमण! कोभिड १९ को सन्दर्भमा गलत प्रचार बढेपछि डब्लुएचओले गतहप्ता यो शब्द प्रयोग गरेको थियो। प्रधानमन्त्रीज्यूको स्वास्थ्यको सन्दर्भमा आज बिहानबाट सुरु गराइएको हल्ला पनि त्यस्तै ‘सूचना संक्रमण’ हो। स्पष्ट होऔं,’ रिमालले ट्विटमा लेखेका छन्।

यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सो समाचारलाई ‘१०१ प्रतिशत झूठ र भ्रमको खेती’ भनी त्यसो नगर्न अनुरोध गरेका थिए। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अपेक्षितरुपमा सुधार भइरहेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .