समाज


राशिफल २९ असोज : मेषलाई सन्तान प्राप्तिको योग, कन्यालाई नसोचेको ठाउँबाट धन हात पर्ने, तपाईँको के?

राशिफल २९ असोज : मेषलाई सन्तान प्राप्तिको योग, कन्यालाई नसोचेको ठाउँबाट धन हात पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज २९, २०८१ मंगलबार ४:४०, काठमाडौँ

आज मंगलबार, २९ असोज २०८१ (१५ अक्टोबर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सेयर बजारबाट राम्रो प्रतिफल मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

वृष : आज गरेका काममा अवरोध र ढिलासुस्ती हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन पनि मुस्किल पर्न सक्छ। यदि अघि बढे पनि धन खर्च हुनेछ। साँझमा आफन्तको सहयोग पाइनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मिथुन : टाढिएका इस्टमित्रसँग मेलमिलाप हुनेछ। समाजसेवामा मन लाग्नेछ। तपाईँलाई कसैले भित्रभित्रै मन पराउनेछन्। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। स्थान परिवर्तनको विशेष योग देखिन्छ। टाढिएका मित्रसँग नजिकिने समय छ। नयाँ अनुभव पनि मिल्नेछ। प्रणयप्र सङ्गका लागि समय राम्रो छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। प्रेमीबाट विशेष सहयोग मिल्ला। सामाजिक कार्यमा सफलता मिल्नेछ। शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित हुन्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या : कमजोर भएको अनुभूति हुनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला : राजनीतिक कार्यमा सफलता मिल्नेछ। परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घर परिवारमा झैझमेलाको अवस्था आउला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : छोटो दूरीको लाभदायक यात्रा रहला। यात्रा रमाइलो हुनेछ। वैदेशिक कार्य अघि बढ्ला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनमा हर्ष र उत्साह छाउनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

धनु : सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन होला। रोकिएको कार्यले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा पनि ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर : कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने शुभ समाचार सुन्न पाइनेछ। धर्मकर्ममा लागिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ : रोजगारीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। उपहार पाउने योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मीन : धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। घरमा अतिथिको आगमन हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad