प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको नेतृत्व सम्हालेपछि पहिलो विदेश भ्रमणस्वरूप बिहीबार राति मलेसिया प्रस्थान गरेका छन्।
मलेसियाको क्वालालम्पुरमा आयोजना हुने एसिया र प्यासिफिकका प्रधानन्यायाधीशहरूको १९औँ सम्मेलनमा सहभागी हुन प्रधानन्यायाधीश राउत भ्रमण टोलीसहित त्यसतर्फ प्रस्थान गरेका हुन्।
सर्वोच्च अदालतका अनुसार द मलेसियन जुडिसियरी र जुडिसियल सेक्सन अफ लवासियाको संयुक्त आयोजनामा क्वालालम्पुरमा उक्त सम्मेलन यही अक्टोबर ११ देखि १४ अर्थात् असोज २५ देखि २८ सम्म आयोजना हुँदै छ।
प्रधानन्यायाधीश राउत नेतृत्वको टोली बिहीबार राति मलेसिया एयरलाइन्सको विमानबाट मलेसियाको राजधानी क्लालालम्पुर प्रस्थान गरेका हुन्।
साथमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार श्री देवेन्द्रराज ढकाल रजिस्ट्रार विमल पौडेल पनि रहेको सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया