ad ad

समाज


काठमाडौँ - हेटौँडा जोड्ने दुवै सडक पहिरोले अवरुद्ध

काठमाडौँ - हेटौँडा जोड्ने दुवै सडक पहिरोले अवरुद्ध

कान्तिलोकपथको घट्टेपाखामा पहिरो खसेर अवरुद्ध बनेकाे सडक


सुनिता विष्ट
असोज ११, २०८१ शुक्रबार ११:५५, हेटाैँडा

हेटौँडा–काठमाडौँ आवतजावत गर्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका छन्। 

बिहीबार रातिदेखि परेको भारी बर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बिहीबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सुकौरामा पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसगरी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ पनि बिहीबार बिहानैदेखि अवरुद्ध छ। 

बुधबार राति मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ घट्टेपाखामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

अविरल वर्षापछि माथीबाट पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो अझै हटाउन नसकिएको मकवानपुर प्रहरीको भनाई छ।

सडक विभाग र फास्ट ट्याक आयोजनासँग समन्वय गरी सडकको अवरोध हटाउने पहल गरिए पनि निरन्तरको वर्षाका कारण पहिरो पन्छ्याउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .