ad ad

समाज


कञ्चनपुरमा एकैदिन दुई दुर्घटनाः दुईको मृत्यु, एक जना गम्भीर घाइते

कञ्चनपुरमा एकैदिन दुई दुर्घटनाः दुईको मृत्यु, एक जना गम्भीर घाइते

गोकुल जोशी
फागुन २४, २०७६ शनिबार १३:१४,

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भएका दुई छुट्टा–छुट्टै सडक दुर्घटनामा परी शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बेलौरी नगरपालिका–४ मा टिपरको ठक्करबाट स्थानीय ९ वर्षीय बालक आकाश रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए। पैदल हिँडिरहेका बालकलाई म १ ख ८४९ नम्बरको टिप्परले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार अहिले बेलौरी तनावग्रस्त भएको छ। स्थानीय, सर्वसाधारणहरुले नाराबाजी गर्दै टिपरमा तोडफोड समेत गरेका छन्। ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको टोली समेत त्यहाँ गएको छ। टिप्परका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै शनिवार नै पुनर्वास नगरपालिका–५ मा अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पुनर्वास–५ स्थित भुटनदेवी मन्दिर नजिकै अटो रिक्सा पल्टिदा पुनर्वास–४ का स्थानीय अटो रिक्सा चालक ३५ वर्षीय अर्जुन धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आईबीआरडी बजारबाट धनगढीतर्फ गइरहेको सु.प.प्र.०१००१ ह ३८१ नम्बरको अटो रिक्सा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएकी पुनर्वास–४ की लक्ष्मी ढकाललाई उपचारका लागि धनगढी लगिएको छ। उनको हात र खुट्टामा चोट लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .