ad ad

समाज


काठमाडौँमा खुकुरी प्रहारबाट २२ वर्षीय युवक घाइते, आरोपी ३ जना पक्राउ

काठमाडौँमा खुकुरी प्रहारबाट २२ वर्षीय युवक घाइते, आरोपी ३ जना पक्राउ

नेपालखबर
साउन २१, २०८१ सोमबार १३:२२, काठमाडौँ

खुकुरी प्रहार गरी एक युवकलाई घाइते बनाएको आरोपमा काठमाडौँबाट प्रहरीले ३ जना पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुलीको फिकल गाउँपालिका- ३ घर भई हाल काठमाडौँ महानगरपालिका- ३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका - ४ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय कुमार पण्डित र दार्चुला बाँज घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा ननगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने वर्ष १९ को प्रेम सिंह महरा छन्।

उनीहरुले आइतबार आलोकनगरस्थित सौराहा होटल नजिकको सडकमा विवाद गर्ने क्रममा कैलालीको धनगढी नगरपालिका २ घर भई हाल काठमाडौँ महानगर ३१ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीमाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ। 

खुकुरी प्रहारबाट केसीको दाहिने हातको औला पूर्ण रुपमा क्षति भएको छ। उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

उनीहरुलाई खुकुरीसहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले एक थान खुकुरी र दुई थान मोवाइल बरामद गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .