काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा एक युवकको शव फेला परेको छ।
काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्र पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको प्रहरीले जनाएको छ।
ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
उक्त बस करिब दुई महिनादेखि पार्किङ गरेर राखेको पाइएको छ। युवकको मृत्युको कारण खुलेको छैन। शव मंगलबार साँझ भेटिएकाे हाे।
‘युवकको मृत्यु ३/४ दिन दिनअघि नै भएको जस्तो देखिन्छ,’ एसपी अधिकारीले नेपालखबरसँग भने, ‘शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’
1.1k
Shares
प्रतिक्रिया