ad ad

समाज


विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री

विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री

नेपालखबर
साउन ९, २०८१ बुधबार १३:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटना स्थलको निरीक्षण गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम पुगेर ओलीले घटनास्थलको निरीक्षण गरेका हुन्। 

‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ,’ दुर्घटना स्थलको निरीक्षणपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।’

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।

सौर्य एयरलाइन्स दुर्घटनास्थल र उद्धार कार्य (भिडिओ)

मृतक सबैको शव शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।

विमान चालक मनिष शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनाम‌ंगलमा उपचार भइरहेको छ।

उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको छ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएको अवस्थामा संकलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए। सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको गर्दा दुर्घटनामा परेको हो। 

रनवेको घाँसेमैदानबाट घरासिँदै अगाडि गएर बिहान बजारिएको। घाँसे मैदानमा खाडल पार्दै  विमान ट्याक्सी वे हुँदै खाडलमा झरेको हो। त्यसक्रममा विमानका पार्टहरु घाँसे मैदानमासमेत छरिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .