ad ad

समाज


राति यी चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

राति यी चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
साउन १, २०८१ मंगलबार १८:३०, काठमाडौँ

हाल (मंगलबार साँझ) मौसम देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ भने बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

यस क्रममा राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .