ad ad

समाज


पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, कति?

पछिल्लो २४ घण्टामा देशभरमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, कति?

मेलम्ची


नेपालखबर
असार ३१, २०८१ सोमबार १८:२९, काठमाडौँ

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा देशभरमै सबै बढी वर्षा भएको छ। 

मौसम महाशाखाले सोमबार (आज) साँझ ६ बजेर १९ मिनेटमा अपडेट गरेको विवरणअनुसार बितेको २४ घण्टामा सिन्धुपाल्चोकको चन्दर्कु वर्षा मापन केन्द्रमा देशभरमै सबैभन्दा बढी १२०.२ मिलिमिटर वर्षा मापन भएको हो। 

सो अवधिमा दोस्रोमा सबैभन्दा बढी दोलखाको लामाबगर वर्षा मापन केन्द्रमा ११५.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाको तथ्यांकमा उल्लेख छ। 

मौसमविद्का अनुसार १०० मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ। 

यस्तै पछिल्लो २४ घण्टामा मुलुकका ५ स्थानमा भारी वर्षा अर्थात् ५० मिलिमिटरभन्दा माथिको वर्षा भएको छ। 

महाशाखाको नक्सा विवरणअनुसार गोरखाको बारपाकमा ८७.४, कास्कीको सिकलेमा ८१.२, कैलालीको गर्भ दरबारमा ७१.८, अछामको बूढीगंगामा ५१ र रुकुम पश्चिमको चौरजहारी टारमा ५०.४ मिलिमिटर वर्षा भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .