ad ad

समाज


मुकुलले अन्टसन्ट बोल्दै हिँडे, परिवारले राम्रो हेरचाह गर्नू : मनीष झा

मुकुलले अन्टसन्ट बोल्दै हिँडे, परिवारले राम्रो हेरचाह गर्नू : मनीष झा

नेपालखबर
असार ३०, २०८१ आइतबार १९:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनीष झाले कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालले अन्टसन्ट बोल्दै हिँडेको भन्दै उनको परिवारलाई हेरचाहका लागि अनुरोध गरेका छन्। 

आइतबार सामाजिक सञ्जालबाट उनले मुकुलले कुनै कृत्रिम दुर्घटनाको योजना बनाएर त्यसको दोष सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेलाई लगाउने बताएका छन्।

‘कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन्,’ झाले लेखेका छन्। 

साथै, उनले मुकुलका अबका केही सम्भावित योजनाका बारेमा पनि लेखेका छन्। 

‘जिल्ला जिल्ला जाने, यसै गरी अन्ट सन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र भन्ने रविले, स्वर्णिमले मान्छे लगाएर कुटाए,’ उनले भनेका छन्, ‘कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने।’

महामन्त्री ढकालले शनिबार राति एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने र देश भारतलाई बेच्ने योजनामा लाग्न आफूसँग उपसभापति वाग्लेले सल्लाह गरेको बताएका थिए। 

लगत्तै, वाग्लेको सचिवालयबाट आफूलाई धम्की आएको भन्दै मुकुलले सुरक्षा माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .