ad ad

समाज


राशिफल २८ असार : वृषलाई व्यवसायबाट मनग्गे आम्दानी हुने, मकर सजावटमा सफल हुने, तपाईँको के?

राशिफल २८ असार : वृषलाई व्यवसायबाट मनग्गे आम्दानी हुने, मकर सजावटमा सफल हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असार २८, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, २८ असार २०८१ (१२ जुलाई २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ कामको थालनी हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्ध फक्रनेछ। सेयर बजार र व्यापार व्यवसायबाट औसत लाभ हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ। सम्मान समेत पाइनेछ। उपहार प्राप्त हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : आयव्यय, सुखदुःख बराबरी खालको समय छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा प्रगति नहुने देखिन्छ। तर, सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा पनि ३९ , वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट : मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। भौतिक सम्पत्ति खरिद-बिक्रीको योग छ। शुभ कार्यको योजना बन्नेछ। शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो हुने काम नगर्ने।

सिंह : सजिलै अरूको मन जित्न सकिनेछ। आँटेको र ताकेको कार्य पूरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। पुँजी बजारमा लगानीको अवसर आउनेछ। सामाजिक कार्यमा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। सही समयमा उचित निर्णय लिन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। निर्णय कार्यान्वयन हुन कठिन छ। मनमा दुबिधा उत्पन्न हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ। साँझमा भने केही कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : जिम्मेवारी वहन गर्ने समय आएको छ। रोकिएका काम सुरु हुनेछन्। लामो, सुखद र सफल यात्रा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : दैनिक कार्यमा प्रगति हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। आत्मबल बढाएर काम गरेमा बढी सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : सजावटको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। धार्मिक कृत्यमा सहभागी भइनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। यात्रा सफल हुनेछ। प्रेमी/प्रमिकाको सहयोग पाइनेछ। मनमा शान्ति छाउला।

भाग्यशाली रङ गुलाबी रहेको छ भने अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। अरूको लहैलहैमा नलाग्ने।

कुम्भ : भाग्य वृद्धि हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। रचनात्मक काममा मन जाला। ठूला व्यक्तिबाट प्रशंसा पाइनेछ। मित्र वर्गले सहयोग गर्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : जिद्दीपनाले गर्दा काम बिग्रनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। मध्य दिनमा नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। सामाजिक कार्यमा सरिक भइनेछ। साथीको साथ रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निर्णय लिँदा सोचविचार गरेर लिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .