ad ad

समाज


ललितपुरबाट ५० लाख नगद, अवैध सुन र सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ

ललितपुरबाट ५० लाख नगद, अवैध सुन र सुन पगाल्ने मेसिनसहित पाँचजना पक्राउ

नेपालखबर
असार २१, २०८१ शुक्रबार १५:४३, काठमाडौँ

ललितपुर महानगरपालिका–१४ मा रहेको एक निर्माणाधीन घरबाट प्रहरीले ठूलो परिमाणमा नगद रकम, अवैध सुन र सुन पगाल्ने मेसिन सहित मानिसहरू पक्राउ गरेको छ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी गरी तीनजना भारतीय र दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारत देशको महाराष्ट्र प्रदेस, साङ्ले जिल्ला, आडवारी थाना घर भइ ललितपुर महानगरपालिका वडा नं १४ ताल्छिखेल बस्ने वर्ष २८ को युवराज विभुते, वर्ष २० को विक्रम यलवर, वर्ष १८ को अभिषेख विभुते रहेका छन्।

यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ विरुवा बस्ने वर्ष २० को सिध्दान्त चौलागाँई र महालक्ष्मी नगरपालिका–८ बस्ने वर्ष २० को यसवन्त सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातु १६९.९७० ग्राम, चाँदी जस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु थान १, विभिन्न कम्पनीका मोबाइल थान ७, हार्ड डिस्क थान १, सिमकार्ड, चेकबुक, तथा बैंकमा नगद जम्मा गरेको भौचर, नेपाली रुपैयाँ ५० लाख ४ हजार ७३० रुपैयाँ र सुन पगाल्ने मेसिन थान–१ बरामद भएको छ।

यही असार २० गते पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .