बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा स्लोभाकिया पठाउने भनी ठगी गरेको आरोपमा एकजना पक्रउ परेका छन्।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३३ घर भइ हाल बालाजु बस्ने वर्ष ३३ को बन्दुराज पराजुली रहेका छन्।
उनले पीडितबाट ६ लाख ६८ हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएका प्रहरीले जनाएको छ।
पीडितले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालुवाटारबाट आज पक्राउ गरेको हो।
पराजुलीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया