ad ad

समाज


बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

नेपालखबर
असार २, २०८१ आइतबार १८:५४, काठमाडौँ

बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका–५ बस्ने दलबहादुर तामाङको छोरा वर्ष ५३ को रविन्द्र लामालाई पक्राउ गरेको हो।

राजिव महर्जनको जाहेरीले लामालाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २ दिन कैद र ५ लाख जरिवाना र क्षतिपूर्ती बापत पीडित राहत कोषमा २० हजार जम्मा गराउने भनि २०७६ कात्तिक १९ गते फैसला भएको थियो।

फरार रहेका लामालाई अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा यही जेठ ३२ गते नागार्जुन–५ सरनपुरबाट पक्राउ गरेको हो।

उनीविरुद्धको फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .