प्रगतिशील पत्रकार संघ, नेपाल काठमाडौँको अध्यक्षमा रोसन दानी चयन भएका छन्।
शनिबार सम्पन्न दोस्रो जिल्ला भेलाले दानीलाई पुनः अध्यक्ष चयन गरेको हो।
११ पूर्ण तथा तीन सल्लाहकार रहको समितिको उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिवमा लक्ष्मण बेलबासे, कोषाध्यक्षमा किरण पाण्डे तथा सदस्यहरूमा ध्रुव बस्याल, खेमराज अधिकारी, समष्टि बुढा, नेसन महर्जन, अस्मिता क्षेत्री र प्रशिद्ध बेलबासे चयन भएका छन्।
सदस्यको एक स्थान रिक्त राखिएको छ।समितिको सल्लाहकारमा समीर सिंह, लक्ष्मणदेव पाण्डे र विपिन पोखरेल रहेका छन्।
भेलाको उद्घाटन संघका अध्यक्ष श्यामलाल पोखरेलले गरेका थिए।
त्यसक्रममा अध्यक्ष पोखरेलले पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रित हुन आग्रह गर्दै सङ्गठनको स्वतन्त्र भूमिकाका साथै वामपन्थी वा लोकतान्त्रिक दुवै प्यानलसित सहकार्य गर्न सकिने बताए।
कार्यक्रममा संघका महासचिव प्रकाश थापामगर, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का महासचिव लक्ष्मणदेव पाण्डे, राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासे, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मी लगायत नेताहरूले शुभकामना दिएका थिए।
Shares
प्रतिक्रिया