ad ad

समाज


बल्खु-फर्पिङ-कुलेखानी सडकमा यात्रुलाई सास्ती (भिडिओ)

काठमाडौँ-हेडौँडा जोड्ने छोटो दुरीको यो सडक वर्सेनि निर्माण हुन्छ, तर सधैँ जीर्ण
बल्खु-फर्पिङ-कुलेखानी सडकमा यात्रुलाई सास्ती (भिडिओ)

नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:१८, काठमाडौँ

संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दुरीको सडक स्तरीय नहुँदा यात्रुले वर्षौंदेख निकै सास्ती र जोखिमपूर्ण यात्रा गरिरहेका छन्।

बीसौँ वर्षदेखि निर्माण कार्य चलिरहे पनि काठमाडौँ हेटौँडा जोड्ने छोटो दुरीको यो सडक स्तरीय बन्न सकेको छैन।

बल्खु फर्पिङ-कुलेखानी-हेटौँडा सडक ८५ किमी लामो छ। अहिले यो सडकमा यात्रा गर्ने सर्वसाधारणले निकै सास्ती खेपिरहेका छन्। 

यो सडक खण्डको बल्खु फर्पिङ सडक लगभग कालोपत्रे भइरहेको छ। तर, फर्पिङबाट फाखेल हुँदै कुलेखानी निस्कने र फर्पिङबाट सिस्नेरी हुँदै कुलेखानीसम्म पुग्ने सडक भने कालोपत्रे हुन सकेको छैन। कुलेखानीबाट हेटौँडासम्म अधिकांश ठाउँमा सडक कालोपत्रे भए पनि कतिपय ठाउँमा सडक कालोपत्रे र पुल निर्माण गर्न बाँकी छ। 

बागमती प्रदेश सरकारले पनि हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीको यो सडकलाई विगत आर्थिक वर्षदेखि प्राथमिकतामा राखेको छ। तर, धेरै ठाउँमा सडक निर्माण कार्य जारी छ। 

मनसुन सुरु हुन लाग्दासमेत सडक निर्माण कार्य नसकिएकाले यो वर्ष पनि बर्खाको बेला यो सडक भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती र जोखिम बोहोर्नुपर्ने देखिएको छ। 

यो सडक खण्डको फाकेल पुरनीदेखि सडक चौडा गर्ने र नाली निर्माण गर्ने काम धमाधम भइरहेको छ। 

भित्तो काटेर धेरै ठाउँमा चौडा गरिएको छ। तर, सडकमा ग्राभेलसमेत नहुँदा वर्षात्को हिलोमा यात्रुले निकै सास्ती खेपी रहेका छन्। विशेषगरी मोटरसाइकलमा यात्रा गर्ने यात्रुको पानी परेको बेला जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। 

हेर्नुहाेस् (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .