समाज


शंखमूलमा आगलागी हुँदा ११ पसल र घरमा क्षति

शंखमूलमा आगलागी हुँदा ११ पसल र घरमा क्षति

सांकेतिक तस्बिर


नेपालखबर
बैशाख १६, २०८१ आइतबार १६:२१, काठमाडौँ

काठमाडौँको शंखमूल, दोभानपुलमा आगलागी हुँदा ११ वटा पसल र घरमा क्षति पुगेको छ।

शंखमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी भएको हो।

आगलागी अहिले नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार आगोले सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरङ्ग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी, फलफूल तथा किराना पसल, आशागोपाल श्रेष्ठको मासु पसल, चन्द्र मर्हजन र केदार श्रेष्ठको पक्की घरको भित्ता तथा मेघराज घलेको फाष्टफुड रेष्टुरेन्टमा समेत क्षति भएको छ।

बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको बीस जनाको टोली तथा स्थानीयबासी, तीनवटा दमकलको सहयोग आगलागी नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए।

आगलागीबाट भएको क्षति एकीन विवरण भने आउन बाँकी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .