ad ad

समाज


कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघ्यो, ६९ हजार संक्रमित

नेपालखबर
फागुन ४, २०७६ आइतबार ३:५१,

चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ।

शनिबारसम्ममा यो भाइरसबाट एक हजार ६ सय ६९ को मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोनाबाट संक्रमित हुनेको संख्या ६९ हजार पुगेको छ। अहिलेसम्म चीनमा मात्रै यो भाइरसबाट एक हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ।

त्यसैगरी फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा कोरोनाबाट एक-एक जनाको ज्यान गएको छ।

कोरोना संक्रमणबाट शनिबार फ्रान्समा पहिलोपटक एक जनाको मृत्यु भएको छ। फ्रान्स घुम्न गएका चिनियाँ पर्यटक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार चीनको हुपेइ प्रान्तबाट प्रान्स पुगेका एक ८० वर्षीया वृद्धाको मृत्यु भएको हो।

ती महिला १६ जनवरीमा फ्रान्स पुगेकी थिइन्। उनलाई २५ जनवरीमा अस्पताल भर्ना गरिएको थियो।

अहिलेसम्मको तथ्यांकअनुसार कोरोनाबाट चीनमा मात्रै ६६ हजार ४ सय ९२ संक्रमित छन्। विश्वका अन्य २५ मुलुकमा ६ सय ५ जना संक्रमित भएको पाइएको छ।

चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनासँग लड्न हाल विश्वभरका वैज्ञानिकले उपचारको पद्धतिबारे अध्ययन गरिरहेका छन्।

नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो।

भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .