कोरोना भाइरस ग्रस्त चीनको हुबेइ प्रान्तका नेपालीहरु आज(शनिबार) राति नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत नेपाल फर्कदैँछन्। त्यहाँबाट १८५ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।
शनिबार दिउँसो पौने ३ बजे चीनतर्फ उडेको नेपाली जहाज राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्यसअघि यतिबेला वुहानस्थित एयरपोर्टमा नेपालीहरु पुगिसकेको विमानस्थलमा पुगेका एक नेपाली अशोक साहले बताए।
वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
एयरपोर्टको भिडियो तथा तस्बिरहरु:
— Nepalkhabar (@nepalkhabar) February 15, 2020कोरोना भाइरसको उदगमस्थल चीनको वुहानबाट आज राति नेपाल आउने भएपछि यतिबेला विमानस्थलमा जम्मा भएका नेपालीहरु।
विस्तृतमा: https://t.co/tDaQdSbbwl @nepalkhabar #CoronaVirus #Nepal@PradeepgyawaliK @MofaNepal pic.twitter.com/36yV6ewhxv







प्रतिक्रिया