समाज


धनगढीका मेयर हमालकी छोरी भारतको गोवाबाट बेपत्ता

धनगढीका मेयर हमालकी छोरी भारतको गोवाबाट बेपत्ता

नेपालखबर
चैत १३, २०८० मंगलबार १६:४८, काठमाडौँ

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतको गोवा राज्यबाट बेपत्ता भएकी छन्।

केही महिनादेखि भारतको पर्यटकीयस्थलसमेत रहेको गोवामा ओशो साधना गर्दै आएकी उनी सोमबारबाट बेपत्ता भएकी हुन्। 

हमालका अनुसार सोमबारदेखि जोरबा वाइब आस्बिन पुलबाट छोरी सम्पर्कविहीन भएकी हुन्। 

छोरी हराएको खबरपछि हमालले खोजीका लागि सहयोग मागेका छन्। छोरीकै साथीबाट उनी हराएको खबर आएकाले गोवामा हुनेहरूलाई खोजीका लागि हमाले अपील गरेका छन्। 

हमालले जेठी छोरीको खोजीका लागि कान्छी छोरी आरजु र ज्वाइँलाई मंगलबार नै राति गोवा पठाउन लागेको बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .