ad ad

समाज


३५ वर्षको उमेरमा १५ वर्षे किशोरसँग बिहे गरिन्, ससुरा हत्या आरोपमा पतिसँगै पक्राउ परिन्

३५ वर्षको उमेरमा १५ वर्षे किशोरसँग बिहे गरिन्, ससुरा हत्या आरोपमा पतिसँगै पक्राउ परिन्

नेपालखबर
फागुन ३०, २०८० बुधबार ९:४५, नुवाकाेट

नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।

५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा हत्या भएको थियो। हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

पक्राउ पर्नेमा १७ वर्षीय किशोर र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन्। ती किशोर र ती महिलाले अनमेल विवाह गरेको पाइएको छ। ‘केटा १७ वर्ष र उनकी पत्नी ३७ वर्षकी रहिछन्। उनीहरुले दुई वर्षअघि नै विवाह गरेको खुलेको छ,’ खड्काले नेपालखबरसँग भने। 

प्रहरीका अनुसार बाबु छोराबीच यही फागुन २५ गते राति घरायसी विषयमा विवाद भएको थियो।

विवादको क्रममा ती किशोर र उनकी श्रीमतीले  ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर भरतबहादुरको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ,’ खड्काले भने। 

प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको बयान दिएका छन्। ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेदेखि नै बाबुसँग विवाद उत्पन्न हुँदै आएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .