ad ad

समाज


कसका होलान् काठमाडौँका प्रहरी कार्यालयमा थुपारिएका यी सवारीसाधन? (तस्बिरहरू)

कसका होलान् काठमाडौँका प्रहरी कार्यालयमा थुपारिएका यी सवारीसाधन? (तस्बिरहरू)

नेपालखबर
फागुन २७, २०८० आइतबार ७:२६, काठमाडौँ

वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारीसाधन थन्किएका छन्। कतिपय त उपयोगमा आउने खालका पनि छन्।

तर ती सवारीसाधनको प्रयोग भएको छैन। कवाडीका रूपमा हजारौँ सवारीसाधन काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी एकाइका कार्यालय परिसरमा थुपारिएका छन्। कुन र कतिवटा सवारीसाधन छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन।

कतिपय सवारीसाधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ।

केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्न सक्ने अवस्थाका छन्। तर वर्षौंदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति गाडी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन्।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका विभिन्न प्रहरी एकाइमा यस्ता सवारीसाधन थुप्रिएको देख्न सकिन्छ। यी सवारी साधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन्। तर कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता साधन दिन प्रतिदिन बढ्दै पनि छन्।

ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ। यसरी होल्ड भएका साधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पुर्‍याएर फिर्ता लैजान सक्छन्। तर केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन्।

यसरी थुप्रिएका सवारी साधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाडखाना? एकछिन सोच्न बाध्य बनाउँछ।

हेर्नुहोस् न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रहरी कार्यालयमा थन्किएका सवारी साधनहरू-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .