ad ad

समाज


यौन दुर्व्यवहार आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा

२१ दिनभित्र उपस्थित हुन म्याद जारी
यौन दुर्व्यवहार आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा

नेपालखबर
फागुन १४, २०८० सोमबार १७:५१, काठमाडौँ

पछिल्लो समय एकपछि अर्को विवादमा परेका कृष्ण कँडेलविरुद्ध यौन दुर्व्यवहार आरोपमा मुद्दा दर्ता भएको छ।

उनी सञ्चालक रहेको इन्द्रेणी कार्यक्रमकी कलाकार तथा कर्मचारी रहेकी एकजना महिलाले आफूमाथि पटकपटक यौन दुर्व्यहार प्रयास भएको भन्दै कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले कँडेलविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन्।

महिलाले मुद्दा दर्ता गराएपछि कँडेलका नाममा अदालतमा उपस्थित हुन २१ दिनको म्याद जारी गरिएको पन्थीले बताएका छन्। 

अब कँडेलले अदालत उपस्थित भएर जवाफ दिनु पर्नेछ। त्यसपछि थप कानुनी प्रक्रिया अघि बढ्ने पन्थीले जानकारी दिए। 

यसअघि ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेल र विरोधमा उत्रिएका कलाकारहरूबीच फागुन १० गते समझदारी भएको थियो। 

‘इन्द्रेणी’बाट निकालिएका भनिएका ६ जनामध्ये ५ कलाकार र सञ्चालक कँडेलबीच सहमति भएको बताइएको थियो। तर उक्त सहमतिका क्रममा कँडेललाई आरोप लगाएकी ती महिला उपस्थित भएकी थिइनन्।

त्यसबेला दुवै पक्षले एकअर्काविरुद्ध अब कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमतिपत्रमा जनाएका थिए।

निकालिएका भनिएका कलाकारले चाहे इन्द्रेणीमा फर्काउनसमेत कँडेल तयार भएका थिए।छन्। 

सहमतिको वार्तामा कँडेललाई यौन दुर्व्यवहारको आरोप लगाउने कलाकार भने आएकी थिइनन्। 

त्यसअघी ती महिलासहित ६ जना फेसबुक लाइभमा आएर कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए। 

कँडेलले पनि पत्रकार सम्मेलन गरी आरोपको खण्डन गरेका थिए। उनले आफूलाई आरोप लगाएकी ती महिलाविरुद्ध अदालतमा मानहानीको मुद्दा पनि हालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .