समाज


सीतापाइलामा २ छोरीसहित मृत भेटिएकी महिलाका पतिको पनि शव भेटियो

सीतापाइलामा २ छोरीसहित मृत भेटिएकी महिलाका पतिको पनि शव भेटियो

सीतापाइला घटनास्थल


नेपालखबर
फागुन ९, २०८० बुधबार १२:२७, काठमाडौँ

काठमाडौँको सीतापाइलामा दुई छोरीसहित मृत भेटिएकी महिलाका पतिको पनि शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३९ वर्षीया प्रेमकुमारी श्रेष्ठ र उनीकी ८ वर्षकी छोरी अनिशा र २ वर्षकी नातिनीको शव आज बिहान कोठामा फेला परेको थियो।

ती महिलाका पति सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भनिने काजी बिकको पनि शव फेला परेको प्रहरीले जनाउको छ।

उनको शव जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। 

‘उनले श्रीमती ईश्वरी श्रेष्ठ दुई छोरीको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका छ,’ खत्रीले भने।  घटनास्थलबाट हम्बर र चक्कु बरामद भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। 

प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .