ad ad

समाज


पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
माघ २८, २०८० आइतबार १७:५७, काठमाडौँ

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१२ घर भई हाल काठमाडौंको सामाखुशी बस्ने वर्ष ३० की मन्जु रावत घर्ती रहेका छन्।

मन्जुले राजिव बस्नेत समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

उनले पीडितहरूबाट पटक पटक गरी १८ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी थिइन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ २५ गते नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .