ad ad

समाज


गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

दुर्घटनास्थलमा गायिका रिमाल। तस्बिर : शिवु खनाल


नेपालखबर
माघ १४, २०८० आइतबार १८:१०, काठमाडौँ

चर्चित गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दिएको छ। 

बाँकेको नेपालगन्जबाट दाङको लमहीमा आयोजित महोत्सवमा सहभागी हुन जाने क्रममा दुर्घटना भएको हो।

गायिका रिमाल सवार गाडीलाई बाँकेको सिक्टानजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियो क्षतिग्रस्त भएको छ।  

रिमालसँगै स्कार्पियोमा सवार पत्रकार शिवु खनालका अनुसार दुर्घटना भए पनि सबैजना सुरक्षित छ्न्।

आइतबार साँझ पौने ५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले रिमाल सवार गाडीलाई ठक्कर दिएको थियो।

घटनामा गायिका रिमाल सुरक्षित छिन् भने पत्रकार खनालाई घुँडामा चोट लागेको छ। दुर्घटनामा परेको गाडीमा गायिका रिमालसहित तीनजना सवार रहेको पत्रकार  खनालले बताए। 

गायिका रिमालले गाडीमा केही क्षति पुगेको बताउँदै लमही महोत्सवमा हुने भनिएको मेरो साङ्गीतिक प्रस्तुति भोलिका लागि सारिएको बताएकी छन्। 

तस्बिर : शिवु खनाल/पत्रकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .