ad ad

समाज


लामो समयपछि देशका विभिन्न भागमा पानी पार्‍यो, केही ठाउँमा हिमपात

लामो समयपछि देशका विभिन्न भागमा पानी पार्‍यो, केही ठाउँमा हिमपात

नेपालखबर
माघ २, २०८० मंगलबार १७:२८, काठमाडौँ

लामो समयपछि देशका विभिन्न ठाउँमा पानी परेको छ। जाडो मौसम सकिन लाग्दा पनि खडेरी नहटिरहेका बेला मंगलबार दिउँसो पूर्वी र मध्य नेपालमा पानी परेको छ। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार दिउँसो काठमाडौँ उपत्यकासहितको मौसम बदली हुने अनुमान गरेको थियो। 

मंगलबार दिउँसो पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु तथा मध्य नेपालमा केही भागमा पनि पानी परेको छ।

पूर्वी नेपालका उच्च भागमा बाक्लो मात्रामा असिना पनि झरेको छ। केही स्थानमा हिमपात पनि भएको छ।

दोलखाको कालिञ्चोकसहितका केही स्थानमा यो हिउँदमा पहिलो पटक हिमपात पनि भएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मंगलबार दिउँसो देशका विभिन्न भागमा मौसम बदली भएको छ। 

आज दिउँसो कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले बताए। बागमती प्रदेशको दोलखा क्षेत्रमा वर्षा हुने सम्भावना रहेको अर्यालले बताए। 

यतिबेला नेपालमा पश्चिमी वायुसँगै बंगलादेशको दक्षिण भूभाग आसपास अवस्थित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ। जसका कारण बिहानैदेखि देशैभरीको पहाडी भूभागको मौसम बदली छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .